पृथ्वी र मेचुको स्वरमा ‘मलमल कुर्तावाली’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकि छन् ।

गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे । भाेईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिईन ।


लेखु सहयात्रीको शब्द गीतलाई करण राज कार्कीले संगीत भरेका हुन् । त्यस्तै गीतको एरेन्ज देवेश राईले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् । ए वन म्यूजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् ।
गीतको भिडियोमा गायक पृथ्वी खनाल र गायिका मेचु धिमालको साथमा सन्तोष पाण्डेको अभिनय रहेको छ । अनिल के मानन्धले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । पृथ्वी खनालको कन्सेप्टमा तयार भएको भिडियोको कोरियोग्राफी भने मौसम हिमालीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु