मिना र शितलको “दोषी समय” (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७५, आईतवार

आर पोखरेल, काठमाडौं । देवी म्युजिक सोलुसनको प्रस्तुतिमा समर्पित मन पुस्कलको निकै मार्मिक लोकदोहोरी गीत “दोषी समय” गीतको भिडियो बजारमा सार्वजनकि भएको छ । सार्वजनिक गीतमा मिना मगर र गायक शितल गुरुङको आवाज रहेको छ ।

जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।

समयको अवस्था सगँै विछोड हुनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।शंकर वली र शिव कुँवर समिरको शब्द तथा समर्पित मन पुस्कलको लय सिर्जना गीतमा रहेको छ ।

निकै मार्मिक रुपमा भिडियो निमार्ण गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ दोषी समय ” गीतको भिडियोमा अनिता छिनाल र सागर थापाको जिवन्त अभिनय रहेको छ ।
“दोषी समय ” गीतको भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु