• अविनाश ठकुरीको ‘अपेक्षा’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

    सोमबार राजधानीमा एक कार्यक्रमबीच एजे फिल्मस् प्रोडक्शन प्रा,लि,को आयोजनामा अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक गरिएको छ । वरिष्ठ सङ्गीतकार राजु सिंहको प्रमुख आतित्थ्यमा सार्वजनिक गरिएको उक्त एल्वममा ‘खुल्लम खुल्ला माया’ ‘चोली दोकानको’ ‘माया रैछ तीनपाने’ ‘मर्न सिकाइदेऊ’ ‘हाई व्युटिफूल’ पाँच गीत समावेश गरिएको छ । उक्त कार्यक्रममा गीतकार बीबी थापाले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि राजु सिंहले एल्बममा रहेको सङ्गीतकार तथा कलाकार अविनाशलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । सोही गीतमा बीबी थापाको शब्द रहेको छ भने मनोज चौलागाँईको सङ्गीत रहेको छ । उक्त गीतमा अविनाश र मेलिना राईको स्वर रहेको छ भने सोहीगीतको भिडियोमा आयुष्मा ढकाल र अविनाश ठकुरीको अभिन रहेको छ । भिडियोको निर्देशन आषिश नेपालले गरेको छन् भने मरुभूमी नारायणको छायाँकन र रोशन धितालको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु