मेलिना राईको “पर्देशी मायालु” मा आँचल (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको “पर्देशी मायालु” बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा प्राप्ती पौडेलको शब्द रहेको उक्त गीतमा प्रेम सागर पौडेलको संगीत रहेको छ भने हेमन्त शिशिरको एरेंज रहेको छ । “पर्देशी मायालु” बोलकोख गीतको भिडियोलाई बिकास सुवेदीले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा नायिका आँचल शर्माको अभिनय रहेको छ ।

एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको भिडियोमा आफ्नो मायालु टाढा हुदाको पिडा देख्न सकिन्छ । उक्त गीतको भिडियो सुरेश काफ्लेले छायांकन गरेका हुन् भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । “पर्देशी मायालु” बोलको गीतलाई पुष्कर सुनुवारको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु