मेलिनाको स्वरमा “लै बरी लै” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र मबिन्द्र राईको “लै बरी लै” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मायालु हाँसेर बोल्दा मन चङ्गा हुने कुरा गरिएको उक्त गीतमा मायालुको इशारा बुझन आग्रह गरिएको छ । उक्त गीतमा मबिन्द्र राईको शब्द तथा संगीत रहेको उक्त गीतमा दिनेश श्रेष्ठको एरेंज रहेको छ । उक्त गीतको भिडियोलाई बिनोद केसीले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा अन्जु भण्डारी र मबिन्द्र हमालको अभिनय रहेको छ ।

माया गर्ने जोडीलाई प्रस्तुत गरिएको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । सोही गीतलाई बिनोद केसीले नैछायाँकन गरेका हुन् भने भिडियोलाई कृष्ण भण्डारीले संपादन गरेका हुन् । उक्त गीतको भिडियोलाई मबिन्द्र राईको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु