• मेलिना राईको ‘ढुकढुकीमा’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ३० भाद्र २०७६, सोमबार

    काठमाडौं । गायक रुवरुपराज आचार्य र गायिका मेलिना राईको स्वरमा ‘ढुकढुकीमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको गीतमा मायालु भएर जिन्दगी चलेको कुरा समावेश गरिएको उक्त गीतमा मेष बस्नेतको शब्द रहेको छ भने सोही गीतमा आरपी लामिछानेले संगीत रहेको र रकेश ओलीको एरेंज रहेको छ ।

    उक्त गीतको भिडियोलाइ यादवकुमार भट्टराईले निर्देशर्न गरेका हुन भने सोही गीतको भिडियोमा नायीका केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेतको अभिनय रहेको छ । भिडियोमा एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको र उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । उक्त गीतको भिडियो मदन काश्यप घिमिरेले छायाँकन गरेका हुन् भने सोही गीतको भिडियोलाई कृष्ण पौडेलले संपादन गरेका हुन् । उक्त सार्वजनिक गीतलाई हाइलाइट नेपालको युटयुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु