• लोकप्रिय गायिका मेलिना राई र चर्चित गिटारिस्ट सञ्जीव बराइलीको इन्गेजमेन्ट

    म्यूजिक खबर
    प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

    काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भएको छ । उनीहरुको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेर विवाह गर्ने तयारी गरेको संकेत दिएका हुन् ।

    मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् ।

    आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । उनीहरुले यसै वर्षभित्र विवाह गर्ने तयारीमा रहेको उनीहरुले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु