मेलिना राई र धर्मेन्द्रको ‘धोका हुँदैन’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको “धोका हुँदैन” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा प्रमोद भट्टराईको शब्द रहेको छ भने सोही गीतमा कमल अधिकारीको संगीत तथा एरेंज रहेको छ । उक्त गीतको भिडियोलाई आशिष रानाले निर्देशन तथा कोरियोग्राफी गरेको सोही गीतको भिडियोमा एम डान्स स्टुडियोको अभिनय रहेको छ ।

एक जोडीको माया प्रस्तुत गरिएको उक्त गीतको भिडियो प्रवेश पोखरेलले छायांकन गरेका हुन् भने सोही गीतको भिडियोलाई अभि जंग शाहीले संपादन गरेका हुन् । “धोका हुँदैन” बोलको गीतलाई हाइलाइट्स नेपालको युट्युबच्यानलबाट सार्वजनिक गरीएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु