मेलिनाको ‘पंखा एसी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको स्वरमा ‘पंखा एसी’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । उक्त सार्वजनिक गीतमा डी,पी, खनालको शब्द, तथा शंकर थापा स्माईलको सङ्गीत रहको छ । ‘पंखा एसी’ गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ । उक्त गीतको भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको र ‘पंखा एसी’को भिडियोमा नेपाली चलचित्र ‘लम्फु’ बाट चर्चामा आएका नायक कबिर खड्का मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ ।

अजय रेग्मीको छाँयाँकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका हुन् भने मिलन बिश्वकर्माको कलरिङ रहेको छ । उक्त गीतको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु