मेलिना र पुष्करको ‘टपरी बुनेको’ मा आकाश र सिवानी

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । गायक संगीतकार पुस्कर सुनुवार र मेलिना राईको आवाजमा ‘टपरी बुनेको’ बोलको टिपिकल लोक पप गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक पुस्कर सुनुवार र मेलिना राईको आवाज रहेको छ भने गीतमा शब्द सङडुपा लामा ,संगीत पेमा लामा ,संगीत संयोजन गायक स्वयम् पुस्कर सुनुवारको रहेको छ ।

गीतको भिडियोमा नव मोडेल शिवानी लामा र चर्चित मोडेल आकाश अधिकारीको अभिनय रहेको छ । मोडेल शिवानी नयाँ भएता पनि उनको अभिनय भने चलेका मोडेलको भन्दा कम छैन ।

भिडियोमा निर्देशन गम्भीर बिस्ट,नृत्य निर्देशन सुबोल थापा ,छायांकन केशब बिश्वकर्मा ,सम्पादन मोहन सुनुवार’को रहेको छ । उक्त गीतको भिडियोलाई गायक पुस्कर सुनुवार’को यूट्युब च्यानल’मा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु