सुरेन्द्र र मेलिनाको ‘तिमीसँगै जीवन’

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । सुमधुर स्वरकी धनि मेलिना राईको आवाजमा तिमीसँगै बोलको गीत सार्वजनिक भएको छ । जुन गीतको रचनाकार नेपाली भाषा साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समय बिताउनु भएका साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा गीति एल्बम ‘अमर–२’ मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेन्जमा र देश विदेश हरेक ठाउँमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको सुमधुर स्वरमा ।

‘तिमीसँगै जीवन बिताउने मन थियो एक्लै छोडी त्यो मन आज टाढा भै दियो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त ‘अमर–२’ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो । ईश्वर फुँयाल, सृष्टि आचार्य आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराईबाट गरेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।

हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु