• सुगम संगीतमा गहिरो प्रभाव छाड्न सक्ने गीत ‘क्या बात’

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७७, बुधबार

    काठमाडौं । नेपाली सांगीतिक बजारमा दिनहुँ गीतहरु सार्वजनिक हुन्छन् । कतिपय गीतले राम्रै भ्युज पनि कमाउँछन् । तथापी पछिल्लो पुस्ताले अघिल्लो पुस्ताका जस्ता अजरअमर गीत सिर्जना गर्न सकेनन् भन्ने आरोप निकै सुनिन्छ । यो आरोपलाई खण्डन गर्न सक्ने केहि मात्र गीतहरु सार्वजनिक हुने गर्छन् । यहि मध्ये एउटा कर्णप्रिय गीत सार्वजनिक भएको छ जसलाई भोलीको पुस्ताले पनि उतिकै मन दिएर सुन्न सक्छ ।

    उक्त गीतको बोल हो ‘क्या बात’ । नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतमा गीतमा सरोज कोइरालाले मीठो संगीत भरेका छन् ।
    वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या बात टिमको छ ।


    लिला डाँगीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन गोबिन्द मधुर आचार्यले रेकर्डिङ मिक्सिङ सन्तोष पौडेलले गरेका हुन ।

    गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई , शिलास्मा हमाल, आश्मा अधिकारी र डा रोजिना अधिकारीको अभिनय रहेको छ । बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई अजय रेग्मी ले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु