• जिन्दगीमा उतार चढाव आए पनि संगीतले बचाइरहेको छः प्राश्ना

    म्यूजिक खबर
    प्रकाशित: २३ मंसिर २०७५, आईतवार
    • सविता पोखरेल

    जिन्दगीमा उतार चढाव आए पनि संगीतले बचाइरहेको छः प्राश्ना

    चर्चित गीतहरु मार्फत आम दर्शक श्रोतालाई प्रसन्न बनाउन सफल गायिका हुन् प्राश्ना शाक्य । ०६० मा ‘आवाज’ एल्बम निकालेर साङ्गीतिक क्षेत्रमा पहिलो पाइला चालेकी प्राश्ना पूर्वी सुन्दर शहर धरानकी हुन् । स्कुले जीवनमा उनले गायिका बन्ने लक्षण देखाइसकेकी थिइन् । ‘आवाज देऊ’, ‘गाउँले जीवन’ ‘एक्कासी जीवनमा’ लगायतका गीत गाएर चर्चामा छाएकी प्राश्ना सानैदेखि नाँच्न र गाउन भनेपछि भुतुक्कै हुन्थिन् । त्यो बालापनको व्यवहार आजको सफल गायिका बन्ने लक्षण थियो भनेर मान्न सकिन्छ । प्राश्ना यतिबेला नेपाली संगीतकी चम्किएकी एक तारा हुन् ।

    आफ्ना हरेक गीत संगीतबाट होस् या लाइभ प्रस्तुतिबाट दर्शक र श्रोताहरुको उत्तिकै मन जित्न सफल छिन् उनी । २०५२ सालमा धरानमा आयोजित सांस्कृतिक कार्यक्रम ‘छिमेकी साँझ’ का लागि थुप्रै राष्ट्रिय कलाकारहरुको साथमा पहिलो पटक प्रस्तुतिका लागि स्टेजमा उक्लिएकी प्राश्नाले धेरैको स्याबासी र तारिफ कमाइन् । त्यो तारिफले फुरुङ्ग बनेकी प्राश्नालाई त्यतिबेलादेखि त झन् ‘म्यूजिक नै सबथोक’ लाग्न थाल्यो । जिन्दगीमा जति नै उतार चढाव आए पनि संगीतको दुनियाँले बचाइरहेको छ, उनले भनिन् – संगीत एउटा मेडिटेशन रहेछ, योग ध्यान जस्तै औषधीका रुपमा यसलाई लिन सकिन्छ ।

    स्थानिय रुपमा राम्रा चर्चा र प्रशंसा पाएकी प्राश्नाले तत्कालीन लोकप्रिय रियालीटि शो ‘ब्राइटर तिम्रो गीत मेरो सुर– २०५६’ मा उपाधि जितेपछि उनको चर्चा राष्ट्रियस्तरमै चुलियो । अग्रज कलाकारको सहयोग पाउन थालिन् । थुप्रै गीतका अफर आए । २०६० सालमा पहिलो पटक आवाज नामक एल्बम ल्याइन् । उक्त एल्बमको ‘आवाज देउ’ गीतले उनलाई चर्चाको शिखरमै पू¥यायो ।

    प्राश्नाले पप, आधुनिकमा बढी स्वर भरेकी छन् भने केही चलचित्रका गीतहरुमा पनि स्वर दिएकी छिन् । उनले स्वर दिएका चलचित्रका गीतहरुमध्ये गायक आनन्द कार्कीसँग गाएको ‘बादल वर्षा विजुली’ बोलको गीत त्यो समयको हिट गीत हो । चलचित्र बाटो मुनीको फूलको ‘ओइलाएको फूल’मा पनि उनको कर्णप्रिय स्वर रुचाइयो । त्यस्तै उनले थुप्रै रिमिक्स गीतमा पनि स्वर दिएकी छिन् ।

    गीत र सङ्गीतको विकल्पमा उनले कहिल्यै केही देखिनन्, सदैव संगीतमै रमाइरहिन् । सांगीतिक प्रस्तुतिका लागि नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगिसकेकी छिन भने विदेशका थुप्र स्टेजमा समेत उक्लिसकेकी छिन् । उनी गायन क्षेत्रका साथमा समाजसेवामा पनि समर्पित छिन् ।
    थुप्रै गीतहरु गाएर नेपाली संगीत क्षेत्रलाई धनि बनाएकी प्राश्नाले पछिल्लो समयमा ‘गिनीज अफ वल्र्ड रेकर्ड’ विश्व किर्तिमान कायम गर्न सफल गीत ‘मिलनकोली’ मा समेत स्वर दिएकी छिन् । उक्त गीतमा राष्ट्रकवि घिमिरेदेखि नेपालका ख्याती प्राप्त ३६५ गायक गायिकाको साथमा प्राश्नाको पनि स्वर छ । विस्व किर्तिमान रच्न सफल यो गीत वातावरण र जलवायु परिवर्तनबारे जनचेतनामूलक गीत हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु