कर्णप्रिय गीत ‘कैदी’ मा नूतनको शब्द, विश्वको स्वर, सुनिलको संगीत

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०८०, शनिबार

काठमाडौं । परवासी भूमि इजरायलमा बसेर नेपाली सांगीतिक क्षेत्रलाई पोषण गर्दै आएकी गीतकार नूतन भुसालको नयाँ गीत ‘कैदी’ सार्वजनिक भएको छ । यस अघिका शब्द सिर्जनामा झैं भुसालको यस गीतमा पनि गहिराई भेटिएको छ । उनको सिर्जनासँगै संगीतकार सुनिल मास्केले शब्दलाई उचाई दिने र सबैको मन छुने संगीत दिएका छन् ।

त्यस्तै रिकेश गुरुङको संगीत संयोजनमा गीतको संगीतले थप उचाइ पाएको छ । शब्द र संगीतलाई पछ्याउँदै सुमधुर स्वरका धनि गायक विश्व नेपालीले पनि कर्णप्रिय स्वर दिएका छन् ।

अत्यन्तै कर्णप्रिय बनेको ‘कैदी’को श्रव्यलाई थप ओजन बनाउन भिडियो पनि बनाइएको छ । नूतन भुसालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा प्रकाश श्रेष्ठ र विष्णु कट्टेल पराजुलीले अभिनय गरेका छन् । राज लिम्बुको निर्देशनमा बनेको भिडियोमा ईजरायलको सेरोफेरोमा सन्तोष माबोले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।

गीतकार नूतन भुसालको गीति एल्ब ‘नूतन शैली’ मा समावेश रहेको गीतहरु मध्ये एक गीत हो ‘कैदी’ । संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती ‘कैदी’लाई उनले केहि वर्ष अघि राजधानीमा भव्य कार्यक्रामका बीच सार्वजनिक गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु