डा. भारतीको ‘सखी’ बने धुनसम्राट बिबि अनुरागी र सदाबहार गायक रामकृष्ण ढकाल

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

सुमधुर स्वरका धनि प्रतिष्ठित गायक रामकृष्ण ढकालले स्वरबद्ध गरेको नयाँ गीत “सखी” सार्वजनिक भएको छ । गीतमा धुन सम्राटबाट सम्मानित चर्चित संगीतकार बिबि अनुरागीको संगीत तथा एरेञ्ज रहेको छ भने डा.भारती शर्मा रेग्मीको शब्द रचना रहेको छ ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको सो भिडियोमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा डा.सुबास आचार्य र सुस्मीता शर्माको अभिनय हेर्न पाईन्छ । यस गीतलाई साई भिजन प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु