स्वर साम्राज्ञी अरुणा लामाको ७५ औं जन्म जयन्ती आज !

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७७, बुधबार

काठमाडौं । आज भदौं २४ गते, स्वर साम्राज्ञी अरुणा लामाको ७५ औं जन्म जयन्ती । कोरोना भाइरस जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन् । यद्यपी उहाँको सम्मान र सम्झना भने सबै संगीतप्रेमीहरुले आत्मादेखि नै गरिरहेका छन् । उहाँका गीत सम्झिरहेका छन् । गुनगुनाइरहेका छन् ।

वि.सं. २००२ भदौ २४ गते सूर्यबहादुर लामा र सनमाया तामाङको कोखबाट दाजिर्लिङको घुम पहाडमा जन्मिनु भएकी अरुणाकोे ‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत पहिलो गीत हो । यो गीतलाई बहुप्रख्यात गीतको रुपमा पनि चिन्न सकिन्छ। । थुप्रै सदाबहार गीत गाएर समस्त नेपाली सङ्गीतका पूजारीकी साझा सन्तान बन्न सफल हुनु भयो ।

‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँले गीतियात्रा अगाडि बढाउनु भएको थियो । ‘एक्लै बस्दा सँधै मलाई’, पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका दर्जनौँ गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय रहेको छ । उहाँको भौतिकचोला २०५४ साल माघ २२ गते काठमाडौँमा अन्त्य भयो ।

#Aruna_Lama #अरुणा_लामा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु