म्होन्दो माया गीत ‘चुरा धागो’ मा पेमा तामाङको संगीत र अभिनय (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । ‘चुरा धागो’ बोलको म्होन्दो माया गीत सार्वजनिक भएको छ । मिना लामाको शब्द रहेको गीतमा म्होन्दो माया तामाङको स्वर रहेको छ ।
यस्तै पेमा तामाङको संगीत रहेको गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पनि संगीतकार पेमा तामाङको अभिनय रहमेको छ । पेमाको साथमा फुरीडोमा तामाङ र साइरा मगरले पनि अभिनय गरेका छन् ।
मेलोडि नेपाल स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोलाई अमर ‘म्याक्स’ ले निर्देशन गरेका हुन् । केशव विश्वकर्माले छायांकन गरेको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु