पाउ पाथीभरामा नव दुर्गाको आराधना गर्दै मेनुका र कुबेर

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

काठमाडौं । नेपाल आइडलमा कोईली देवीको उपनाम पाएकी र भारतीय रियालिटी सो सारेगमपमा गायनको जादु छरेर चर्चामा आएकी गायिका हुन् मेनुका पौडेल । यतिबेला युवा पंडीत कुबेर सुबेदीको साथमा मेनुकाले नव दुर्गाको आरधना गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

प्रसंङ्ग हो नयाँ भजनको । दशैंको सन्दर्भ पारेर पंडित कुबेर सुबेदी र गायिका मेनुका पौडेलको स्वरमा ‘हे नव दुर्गा’ बोलको नेपाली भजन सार्वजनिक भएको छ । सुबेदीकै शब्द रहेको उत्त नवदुर्गा भजनमा संगीत राजु अधिकारीले दिएका छन् भने संगीत संयोजन भुपु पाण्डेले गरेका छन् ।

झापाको चारआली स्थित पाऊ पाथीभरा मंदिरमा छायांकन गरिएको यस भजनमा नव दुर्गा सहित घटस्थापना देखी दशै सम्मका दिनहरूको महिमा गरिएको छ । रिश्चल सुबेदीले छायांकन तथा सम्पादन गरेको भिडियोलाई निषेश सुबेदीले निर्देशन गरेका हुन् । उक्त भजन मन्त्र सङ युट्युव च्यानलबाट सार्बजनिक गरिएको भिडियोमा मेनुका र कुवेर सँगै नौ जना कन्यालाई दुर्गाको रुपमा फिचरिङ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु