• कलेजो दान गर्नेको कथामा म्यूजिक भिडियो ‘मेरो जीन्दगी’

    म्यूजिक खबर
    प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

    काठमाडौं । अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेका थिए । तिनै महान बुवाको वास्तविक घट्नामा आधारित गीत ‘मेरो जिन्दगी…’ सार्वजनिक भएको हो । अहिले सिवाशंको स्वास्थ्यमा सुधार भइरहेको छ, कलाकारहरूले गीतबाट आउने रोयल्टी शिवाशंको लागि सहयोग गर्ने निर्णय गरेका छन् ।

    कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन,निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको जीवन्त अभिनय रहेको छ । बाल कलाकारमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पाखरेलले खिचेका हुन् । भिडियो हेरेर शेयर गरी अबोध बालकको सहयोग गरिदिन बुवा महेश अवस्थीले सबैमा अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु