खाँडादेवी माइलाई फूलपाती चढाउँदै दिलिप र अन्जली

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

काठमाडौं । गायक सरोज लामिछाने, कल्याण रत्न कार्की र मेलिना राईको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘खाँडादेवी माई’मा अभिनेता दिलिप रायमाझी र मोडल अन्जली अधिकारीको अभिनय एवं नृत्य रहेको छ । शब्द एवं लय संकलन सरोज लामिछानेको रहेको उक्त गीतको सहगायनमा बालकुमार श्रेष्ठ, कल्याण रानामगर, मनिषा घोरासैनी, पुष्पा बोहराले साथ दिएका छन् । दशैंको छेको पारेर सार्वजनिक गरिएको उक्त गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । निर्देशक भट्टकै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र अजय रेग्मीले छायाँकन गरेका छन् । भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् भने पोष्ट प्रोडक्सन साइभिजन प्रालिको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु