• कृष्ण काफ्लेले अस्मिता अधिकारीलाई भने– ‘मेरो नशा नशामा तिमी’

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

    काठमाडौं । गायक कृष्ण काफ्लेले गायिका अस्मिता अधिकारीलाई भने ‘मेरो नशा नशामा तिमी’ । मायाप्रेमको गहिराईमा प्रेमी र प्रेमिकाबीचको ब्याख्या गरिएको गीत हो ‘मेरो नशा नशामा तिमी’ । अम्बिका गुरुङको शब्द अनि अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजनमा तयार भएको गीत हो । जसमा गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् ।

    ओबी रायमाझी र अन्जना कँडेल अभिनित म्यूजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको यस भिडियोलाई निर्देशक क्रान्ति केसीले नै सम्पादन गरेका छन् । भिडियोलाई ओबी रायमाझीको च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु