मिलन लामाको नया गीत ‘कल्ले चलायो’ को भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

चर्चित गायक मिलन लामाले केहि समयको बिश्राम पछि नया गीत ‘कल्ले चलायो’ बोलको म्यूजिक भिडियो लिएर बजारमा आएका छन् । गीतको शब्द तथा संगीत संकलन रहेको ‘कल्ले चलायो’ गीतमा मा संगीत संयोजन भने कृष्ण बिके “भान्जा’को रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै सुपर हिट गीत दिएका लामाको नया गीतले बजारमा राम्रै चर्चा पाउने देखिन्छ । लामाले यस अघि हङकङ आइडीले, ‘कृष्ण भिरमा जाम, माझी दाई पोखरा फेवातालको’ बाटो खुल्यो मटर चल्यो जुम्ला कालिकोटको,गल्कोटे साइलो, ‘लालु पाते फूल छैन घरमा पराल बारीमा बंशो ,सत्य कथा जस्ता दर्जनौ हिट गीत दिसकेका छन् । चितवनको लोथरमा छायांकन गरिएको भिडियोमा मिलन लामा, सगुन श्रेष्ठ,रिना थापा मगर,रबिन्द्र तितुङ्ग,प्रविन डल्लाकोटी र आभास लामाको अभिनय रहेको छ ।गीतमा माया प्रेमको कुरा गरिएको छ ।दही जस्तो जमेको हाम्रो माया कल्ले चलायो भन्दै गीतको भिडियोलाई रमाइलो तरिकाले निर्माण गरिएको छ । गीतको भिडियोलाई गायक मिलन लामाले नै निर्देशन गरेका हुन् ।प्रविन भट्टको सम्पादन छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् ।भिडियोलाई कारण चैसिरले छायांकन गरेका हुन् । गीतलाई मिलन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु