चलचित्र ‘अन्धकार’ निर्माण हुने

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

काठमाडौं, राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’बन्ने भएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरिएको छ । चलचित्रलाई ईटरी, झापा, धरानलगायतका स्थानमा छायाँकन हुने छ । चलचित्रमा सूर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोईराला, सुजन ढकाललगायतका कलाकारको अभिनय रहने छ । समाजका विविध बिकृति मध्ये युवापुस्ता आफैँमा शिक्षित हुँदा हुँदै पनि कसरी दुब्र्यशनको शिकार भइरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षको भनाईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु