मीनाको स्वरमा ‘केवल कारैमा’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

कृष्ण भट्टराई र मीना निरौलाको स्वरमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।   विश्वगरिने भएको छ । ‘टिकटक’ कम्पिटेसनले गीतको लोकप्रियतासँगै प्रतिभा भएकाहरुको प्रोत्साहनका लागि ‘टिकटक’ कम्पिटेसन गर्न लागिएको गायक भट्टराइले जानकारी गराए । ‘टिकटक’ कम्पिटेसन बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन ।

इन्डियाको रियालिटी शो ‘डान्स प्लस’मा फर्स्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी वुगीकी बिजेता कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङको कोरियोग्राफी रहेको छ । गीतको भिडियोलाई चन्द्रागिरीमा छायांकन गरिएको छ । सार्बजनिक गीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’मा समाबेश छ । यस एल्बममा चार गीत समावेश छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गायकको स्वर हाल्न बाँकी रहेको छ । उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु