‘के साह्रो राम्री चोलीमा’ केकी र उमेश

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७८, बुधबार

काठमाडौ । नयाँ वर्षको कोसेली स्वरुप आफ्ना दर्शक, श्रोताका लागि गायिका मिना राई र गायक आङगेलु शेर्पाको स्वर समेटिएको ‘के साह्रो राम्री चोलीमा’ बोलको भिडियोे गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

मिना राईको शब्द, संगीत रहेको गीतमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय रहेको छ । अनिल कोय राईको निर्देशन रहेको यसमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेनजर, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ ।


पुर्वेली मारुणी सेलो भाकामा आधारित रहेकोले यसलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला स्रिर्जनाहरुलाई मन पाइदिनु भएजस्तो ‘के साह्रो राम्री चोलीमा’लाई पनि मनपराउनु हुनेछ भन्ने कुरामा गायिका राई बिश्वस्त हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु