• मिनाक्षीको निर्देशनमा ‘आमा भोट कसलाई’

    म्यूजिक खबर
    प्रकाशित: ११ बैशाख २०७९, आईतवार

    काठमाडौं। स्थानिय निर्वाचन नजिक आईरहेको समयमा समसामयिक गीत ‘आमा भोट कसलाई’ रिलीज भएको छ । यस गीतले अरु समयमा गरिबहरुमाथी थिचोमिचो गर्ने तर चुनावको समयमा भने भोट माग्न तिनै गरिबकोमा हात जोड्दै पुग्ने नेताहरुलाई चित्रण गरेको छ ।

    गीतमा दीपा सुहांग, संगीता रानापहेली र रमेश बाबुको स्वर रहेको छ । प्रकाश सापकोटाले शब्द लेखेका छन् भने महेश खड्काले संगीत दिएका छन् । गीतको भिडियोलाई मिनाक्षी कोईरालाले निर्देशन गरेकी छन् । भिडियोमा विद्या कार्की, सज्जु र राजले अभिनय गरेका छन् ।

    यस भिडियोका छायाँकार अर्जुन तिवारी हुन् भने सम्पादक सुप्रिम पराजुली हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु