गायिका मिरा गिरी र गायक नेत्र भण्डारीको ‘अमिलो अम्चुर’

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७६, शनिबार

काठमाडौं । लोक गायिका मिरा गिरी गायक नेत्र भण्डारीको स्वरमा रहेको नयाँ कोसेली गीत ‘अमिलो अम्चुर’ सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजिले उक्त गीतको भिडियो बिमोचन गरेका थिए ।

अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ भने ध्रुवराज धिताल, प्रेमा राना मगर र रुपी सिंजाली मगरले ग्रुप आवाजमा उनीहरुलाई साथ दिएका छन् । ध्रुवराज धितालकै संगीत रहेको गीत कृष्ण बिकले संगीत संयोजन गरेका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ भने नवराज उप्रेतीले खिचेका छन् ।

त्यस्तै भिडियोमा निर्देशक सुनिल छेत्री र नायिका ऋचा थापाको अभिनय छ । अमृत चापागाईले सम्पादन गरेको भिडियो गायिका मिरा गिरीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत विमोचन समारोहमा प्रमुख अतिथि रमेश बिजी, विशिष्ठ अतिथि चन्द्र शर्मा, संगीतकर्मी पृथ्वी थकाली लगायत विभिन्न कलाकर्मीहरु र धेरै पत्रकारहरुको सहभागिता रहेको थियो ।

गीत बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि बिजिले गीतले मौलिक परिवेश अंगालेको बताए । उनले भने, ‘म भर्खरै अध्यक्षमा निर्वा्चित भएको छु, अझै आधिकारिक जिम्मेवारी सम्हालेको छैन, यहि १६ गतेबाट बल्ल सबै नव निर्वाचित केन्द्रीय समितिलाई कामको जिम्मेवारी सुम्पिने छ ।’ उनले आफुलाई अध्यक्ष पदमा निर्वा्चित गराउन महत्वपुर्ण भूमिका खेल्ने विभिन्न मिडियाका पत्रकारहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिए । उनलाई गायिका मिरा गिरीले दोसल्ला ओढाएर सम्मान पनि गरिन् ।

त्यस्तै विशिष्ठ अतिथि चन्द्र शर्माले पनि उक्त गीतले मौलिकताको मर्म बुझेको बताए । गायिका गिरीले पनि गीतले मौलिकता नछाडेकाले दर्शक स्रोताको माया पाउने अपेक्षा गरेको बिचार विचार ब्यक्त गरिन् । कार्यक्रममा आफ्नो गीतलाई विभिन्न मिडियाले साथ र सहयोग गरेको भन्दै पत्रकारहरुलाई प्रसंसापत्र प्रदान गर्नुका साथै उपस्थित सम्पूर्ण विशिष्ठ अतिथिहरुलाई पनि मायाको चिनो प्रदान गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु