गायिका मिरा गिरीलाई किन प¥यो ‘मायाको खडेरी’ ?

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

काठमाडौं । गायिका मिरा गिरीलाई यतिबेला मायाको खडेरी परेको छ । मुलुकमा कोरोनाको महामारी चलेको बेला गायिका गिरीलाई भने मायाको खडेरी परेकोले विरहको गीत गाउँदै हिंडेको बुझिएको छ ।
गायिका मिरा गिरीको स्वरमा रहेको गीत ‘मायाको खडेरी’ बजारमा आएको छ । सुमन पण्डितको शब्द रहेको यस गीतको संगीत भने विरही कार्कीको रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको अडियो भने शुभकामना मिडिया सोलुशनबाट बजारमा आएको हो ।


भिडियोमा गायिका गिरी स्वयम् यो गीतमा अभिनय गरेकी छन् । उनको साथमा उदिराम खड्का र दिपक वि.क.को अभिनय रहेको छ । विवेक खड्काको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई मिरा गिरी युट्यूब च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु