गायिका मिरालाई शून्य लाग्छ ‘आमा बिनाको माइती’

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार २२:५१

काठमाडौं । गायिका मिरा गिरीलाई तिज आउँदै गर्दा आमा बिनाको माइती शून्य लाग्न थालेको छ । चेलीलाई माइती र माइतमा पनि बुबा आमा बिनाको अर्थ नभएजस्तै गायिका गिरीलाई पनि भएको छ ।


गायिका मिरा गिरीको पछिल्लो गीत ‘आमा बिनाको माइती’ एउटा चेलीको वेदनाले समेटिएको गीत हो । माइतीघरमा आमा नभएपछि दाजुभाइले पनि सम्झन छोड्छन् उदाहरणका साथ यो गीत निर्माण भएको छ । यो गीतलाई रमेश परियारले लेखेका हुन् भने सुमन परियारको लय रहेको छ । मिरा गिरी र सुमन परियारकै स्वर रहेको यो गीतको म्यूजिक भिडियोलाई भने उदिराम खड्काले निर्देशन गरेका छन् । मिराज अर्यालको छायाँकन रहेको यो गीतमा विर्मा खड्काको मेकअप र विवेक खड्काको सम्पादन रहेको छ । यस गीतलाई बिसौनी क्रियशनको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु