• मिरा र लबकुमारको ‘वनको भलायो’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १४ असार २०७७, आईतवार

    काठमाडौं । गायिका मिरा गिरी र गायक लबकुमार भट्टको लोकदोहोरी गीत ‘वनको भलायो’ सार्वजनिक भएको छ । लकडाउन खुकुलो हुनेवित्तिकै कलाकारहरु एकपछि अर्को गीत लिएर बजारमा आउनेक्रममा गायिका गिरी र गायक भट्ट पनि अगाडि बढेका हुन् । रमेश बिजीको शब्दमा गायक भट्टकै संगीत रहेको गीत हो ‘वनको भलायो’ ।

    Music Khabar
    गायिका मिरा गिरीको यूट्यूबबाट सार्वजनिक गरिएको यस भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् भने पिएन सापकोटा र रविना भण्डारीको अभिनय रहेको छ । प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु