पाँचौ मिसेस नेपाल इन्टरनेशनलको उपाधि भाविषा कोइरालालाई

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७६, सोमबार

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्त मिसेस नेपाल इन्टरनेसनल २०१९ मा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको छ भने गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्तानाकोत्तरकी बिद्यार्थी भाविषा कोइराला चटौतले पाँचौ मिसेस नेपाल इन्टरनेशनलको उपाधि चुमेकी छिन । शनिवार अबेर राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता अभिनेत्री मानन्धरलाई क्राउन र मानार्थ मिसेस नेपाल इन्टरनेशनलको स्यास पहिराउँदै शुरु गरिएको थियो । समारोहमा समारोहमा पूर्व प्रधानसेनापती रुक्मागंत कटुवालर अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन र स्यास पहिराई दिएका थिए। समारोहमा प्रतियोगिता पाँचौ वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गिायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिवन अनर अवार्डबाट सम्मानित गरिएको थियो । विभिन्न पेशामा आवद्ध ३० बिबाहित महिलाकाबीच सम्पन्न प्रतियोगितामा विजयी भएवापत भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको छ । भाविषा फेशन आइकन पनि भएकी छिन् । प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन् । उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आफ्नो बनाइन् । भाविषा र रंगीनाले उपाधि जितेवापत सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । रमाईलो एचडीको सहयकार्य र निशुकान्त झाको निर्देशनमा भएको समरोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा प्रतियोगितका सहभागीहरुले ७ प्रदेशको झल्को गर्ने गरी नृत्य प्रस्तुत गरी सबैको मन जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु