• मिस एण्ड मिसेस यूनिर्भसल सिजन ३ ले गर्यो ३५ प्रतियोगीको अडिसन

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

    ३ भाद्र, काठमाडौँ । विवाहित र अविवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस यूनिर्भसल २०२४’ को अडिसन सकिएको छ । गएको शनिबार काठमाडौँको अनामनगर स्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । यो मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो ।

    प्रतियोगितामा नेपालका ७ वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् । तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् ।

    यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरुको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् । श्रेष्ठले महिलाहरु पुरुष सरह समाजमा काम गर्न सक्ने र कुनैपनि ठाउँको नेृतृत्व सम्हाल्न सक्छन् भन्दै बिशेषगरी बिवाहित महिलाहरुलाई घर भित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् ।

    अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) , कोरीयोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु