नेपालकी प्रियारानी लामाले जितिन मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ताज

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा शुक्रबार अक्टोबर २५ अर्थात् कार्तिक ८ गते आयोजना भएको मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ग्राण्ड फिनालेका लागि नेपालका प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रेकी प्रियारानी लामाले ३१ अन्य देशका प्रतिस्प्रधीहरुलाई पछि पार्दै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ताज पहिरिन सफल भएकी छिन् ।

बिजेता प्रियारानी लामा लाई गत वर्षकि बिजेता कोरियाकी सोयेन लिमले ताज पहिराई दिएकी थीइन । प्रिया मुख्य उपाधि संगै बेस्ट नेसनल कस्ट्युमको टाइटल बिजेता र बेस्ट ट्यालेन्ट को फर्स्ट रनरअप बिजेता समेत बनिन। मलेसियाको पुट्रजाया म्यारोट होटलमा भब्य रुपमा आयोजित मिस कस्मोपोलिटन वर्ल्ड २०१९को पाचौ संस्करणमा प्रियाले सौन्दर्य, व्यक्तित्व, बौद्धिकता, प्रश्न उत्तर र प्रतिभामा उत्कृस्ट अंक प्राप्त गर्दै बिजियी भएकी हुन् ।

मिस कस्मोपोलिटन वर्ल्ड २०१९ मा मलेसियाकि क्रिस्टिन चाइ छिन फर्स्ट रनरअप , नेदर ल्याण्डकि मृत बिट्स सेकेन्ड रनरअप , फिलिपिन्सकि क्लारिसा इसिद्रो थर्ड रनर अप र रसिया कि इकाटेरिना भेनि बर्गर फ्रोथ रनर अप घोसित भएका थिए । वीरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक २८ बर्षीया प्रियारानी लामा मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि विजेता रहिसकेकी छिन् भने २०११ देखिमिस पूर्वाञ्चलको कोरियोग्राफरको रुपमा कार्यरत छिन्।

प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएर मिस बेस्ट कम्प्लिकेसनको अवार्ड जितेकी थिईन। हाल उनी नेपाल वान टेलिभिजनका टेलिभिजन कार्यक्रम प्रस्तोतासंगै मोडल तथा कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु