‘मिस ग्रान्ड इन्टरनेशनल नेपाल–२०१८’ का प्रतिस्पर्धीले देखाए प्रतिभा

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७५, आईतवार

काठमाडौं । ‘मिस ग्रान्ड इन्टरनेशनल नेपाल–२०१८ ’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा शनिवार आयोजित उक्त ट्यालेन्ट राउण्ड मा जम्मा १० जना सहभागीले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए। कसैले साँस्कृतिक प्रस्तुति राखेका थिए भने कसैले आधुनिक बेली नृत्य प्रस्तुत गरेका थिए त कतिले वाद्यवादन कला प्रस्तुत गरेका थिए त कसैले गायन कला अनि कसैले नाटक प्रस्तुत गरेका थिए।

आर।के। इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित यस प्रतियोगितामा १० प्रतियोगी छन् । उनीहरु अन्तिम प्रतिस्पर्धाका लागि करिब एक महिनायता विभिन्न व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण गरिरहेका छन् । यसैक्रममा उनीहरुले आफूमा लुकेको प्रतिभा प्रस्तुत गरेका हुन् ।

miss grand international-2018 contestant & jury team

उक्त सेमी फाइनल राउण्ड का निर्णायक मण्डल मा वरिष्ठ ड्रेस डीजाईनर उत्तम बनेपाली,नृत्य निर्देशक राजिव श्रेष्ठ,संगीतकार तथा पत्रकार सरोज प्याकुरेल,नायक श्रीदेव भट्टराई, गीतकार तथा रेडियो नेपाल का प्रमुख व्यक्ति भरत बोम्जन, पूर्व मिस ग्रान्ड नेपाल जेनस लामा, रहेका थिए।

(‘Optimize women beauty, personality and their brain to encourage the ‘Stop the War and violence’ campaign) नारा बोकेको मिस ग्रान्ड इन्टरनेशनल नेपाल कार्यक्रममा काठमाडौं, पोखरा, नवलपरासी, चितवन, धरान लागाएतका प्रतियोगीको सहभागीता रहेको पाईयो ।

यो प्रतियोगिता नेपालको दोस्रो इन्टर नेशनल कार्यक्रम भएको समेत आयोजकको दावी छ । मिस ग्रान्ड नेपाल २०१८ को बिजेताले नगद एक लाख, सुजुकी स्कुटर, मोबाइल फोन लगायतका पुरस्कार जित्नुका साथै नेपाल को झन्डा फर फराऊदै नेपाल र नेपालीको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने अवसर प्राप्त गर्ने छिन। प्रतियोगीताको फाईनल साउन १९ गते हेरिटेज गार्डेन सानेपामा हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु