• मिस इन्टरनेसनलको फिनालेमा नेपालकीचेली न्यान्सी खड्का, जिताउनलाई हार्दिक अपिल

    म्यूजिक खबर
    प्रकाशित: २० मंसिर २०७९, मंगलवार

    काठमाडौं । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको जापानमा हुन गइरहेको फिनालेमा भाग लिन नेपालकी चेली मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापान पुगेकीछिन् ।

    आगामी मंसिर २७ जापानको टोकियो स्थित डोमी सिटी हस्पिटलमा हुने फिनालेमा भाग लिनका लागि उनी जापान पुगिसकेकी छिन् । न्यान्सी विराटनगरका राष्ट्रिय गायक सुमित खड्काकी सुपुत्री हुन् ।

    उनी केही महिना अगाडी काठमान्डौमा भएको मिस नेपालमा मिस ईन्टरनेशनल हुन सफल भएकी थिइन् । उनले काठमान्डौबाट जापान जानु अगाडी राष्ट्रिय झण्डा फरफराउँदै नेपालको जित सुनिश्चित बनाउन सबैलाई हार्दिक अपिल गरेकी थिइन् । साथै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

    प्रतियोगिता डिसेम्बर १३ मा टोकियोमा ६०औं संस्करणका रुपमा संचालन हुँदैछ, जसमा ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालकी चेली न्यान्सीलाई जिताउनका लागि सबैमा हार्दिक अपिल गरिएको छ । उनलाई भोट गरी जिनाउनका लागि मोबाइलको एप स्टोरमा गई मिस इन्टरनेशनल एप डाउनलोड गरी न्यान्सी खड्काको फोटो र नाममा क्लिक गरी भोट गर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु