विवाहित र अविवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७६, शनिबार
Miss Nepal Tourism

काठमाडौं । विभिन्न वर्ग र समूहका लागि प्रतिभामूलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकैसाथ अबिबाहित र बिबाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्टार वन इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाका अनुसार पर्यटन क्षेत्रलाई सघाउने उद्येश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी चैत्र ११ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०२० आयोजना गर्न लागिएको हो । तेश्रो संस्करणको मिसेस नेपाल टुरिजममा अनु गुरुङ, चन्दा दाहाल अधिकारी, अमृता गिरी तिमल्सिना, रोशनी बडे, आरतीमाया लामा, सविता मोक्तान, मनिता रिसाल बुढाथोकी, आरती सिंह, सिर्जना लिम्बु महर्जन, बन्दना राजभण्डारी, प्रनिषा कार्की भण्डारी, सिर्जना लामा, निशा खरेल र लिरा पोखरेल गरी कुल १४ प्रतिस्पर्धिहरुले अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।

त्यसै गरी दोश्रो संस्करणको मिस टिन टुरिजममा रोजिना तिवारी, अस्मिता कालाखेती, पासाङभोटे, रेबिका श्रेष्ठ, प्रेना शाही, वर्षा शाह, रचना श्रेष्ठ र अनमोल शर्मा गरी ८ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
दुबै प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदैछ । दुबै प्रतियोगिताका प्रतियोगिहरुलाई विभिन्न विषयमा तालिम र प्रशिक्षण दिईरहेको इभेन्ट संयोजक पोखरेलले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु