फाइनल राउण्डमा मेक्सिको सुन्दरीको यस्तो जवाफले जितायो ‘मिस वल्र्ड–२०१८’ को ताज, के थियो त उनको जवाफ ?

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७५, आईतवार

काठमाडौ‌ । ‘मिस वल्र्ड–२०१८’ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डीले जित्न सफल भइन् । उनलाई फाइनल राउन्डमा भेनेसालाई सोधिएको थियो मिस वल्र्ड बनेर कसरी अरुलाई मद्दत गर्नुहुन्छ ? यस प्रश्नको जवाफमा उनले ‘म आफ्नो पद तथा कर्तब्यलाई त्यसरीनै पुरा गर्छु जसरी पछिल्लो ३ बर्षदेखि गर्द आइरहेकी छु,हामीले सबैलाई केयर गर्नुपर्छ,माया गर्नुपर्छ,कसैको मद्दत गर्नु त्यस्तो गार्हो काम होइन ।’ उनले भनेकी थिइन्, ‘हामी जतिखेर पनि घर बाहिर निस्कँदा कोही न कोहीलाई हाम्रो मद्दतको जरुरत परीरहेको हुन्छ त्यसको लागि आफु तयार रहौं ।’

२६ बर्षिया भेनेसा मेक्सिकोको लागि मिस वल्र्डको ताज जित्ने पहिलो शुन्दरी हुन् । भेनेसालाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी चिल्लरले ताज पहिर्‍याइदिइन् ।

यसै वर्ष मिस मेक्सिकोको ताज पहिरेकी भेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको हो । भेनेसाको अंग्रेजी तथा स्पेनीस दुवै भाषामा राम्रो दख्खल रहेको छ । भेनेसा बालिकाहरुको लागि पुनर्वास गराउने एक संस्थामा आबद्ध छिन् साथै उनी नेनेमी नामक एक स्कूलमा पनि काम गर्छिन् जुन स्कूलमा आदिवासी इलाकाका बालबालीकाहरुलाई फरक फरक भाषा तथा संस्कृतिको शिक्षा दिइन्छ ।

प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।उपाधी घोषणामा नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा भने टप १२ मै सिमित भएकी छन्। टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजीत भएकी हुन्। योसँगै उनले टप १२ मा चित्त बुझाउनु परेको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु