‘मिस वर्ल्ड’ टोनी एन सिंह नेपालमा, कहाँ कहाँ जाँदैछिन्-यस्तो छ तालिका

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । मिस वर्ल्ड २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आइपुगेकी छन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा बिहीबार मध्यान्ह काठमाडौं आइपुगेकी उनीसँगैं मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

उनले फागुन २३ गते ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो ।

‘मिस वर्ल्ड’ २०१९ मा मिस नेपाल अनुष्काले ‘विउटी विथ थ पर्पस’ को उपाधि जितेकी थिइन् । त्यसअघि २०१८ की मिस नेपाल श्रृखला खतिवडाले पनि ‘विउटी विथ थ पर्पस’ उपाधि जितेकी थिइन् । खतिवडा पनि उनको स्वागतका लागि विमानस्थल पुगेकी थिइन् ।

हिडन ट्रेजरले आफ्नो २५औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ।
उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जारी गरेको विज्ञप्तिमा छ। उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन्।

यो भ्रमणमा मिस वर्ल्ड संस्थाको टोलीले नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू पनि हेर्ने हिडन ट्रेजरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु