• ‘मिष्टर नेपाल ओसिनिया२०१८’ का विजेता खड्काको ताज किन खोसियो

    म्यूजिक खबर
    प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार

    काठमाडौं । गत डिसेन्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको ‘मिष्टर नेपालओसिनिया २०१८’ का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ ।
    आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता बिपरित गएकाले र पटक पटक उनलाई सम्झाउँदा र सुधार्ने समय दिँदा पनि अटेर गरेरपछि उक्त टाईटल खोसेको बताएकी छिन् ।

     

    बिजेता खड्कालाई प्रेस रिलिज निकाल्नु पुर्व जुन ६ सम्मको डेडलाईन राखेर टाईटल बापतको ट्रफी र सर्टि्फिकेट फिर्ता गर्न आयोजकले ईमेल र फोन गरेको उनले बताइन् । जस अनुसार खड्काले सहमती जनाएपनि एक साता पर सर्दा समेत फिर्ता नगरेपछि प्रेस रिलिज जारी गर्नु परेको बाध्यता लिम्बुले सुनाईन् ।
    उनले खड्का पटक पटकअन्य ईभेन्टहरुमा बिना सूचना सहभागी नहुन सचेत गराइएको बताइन् । उनका अनुसार खड्कालाई अन्य ईभेन्टहमा मोड्लिङ प्रस्तुती नदिन यसअघि नै सचेत गराइएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु