
काठमाडौं । पछिल्लो समयमा चर्चित मोडल तथा डान्सर स्वस्थानी तामाङ यतिबेला चर्चाको शिखरमा पुगेकी छिन् । उनी उमेरमा २१ वर्ष मात्र भइन्। तर छोटो समयमै निकै नै रुचाएकी उनी आज सबैको प्यारो बन्न पुगेकी छिन्। सानैदेखि डान्स गर्दै आएकी उनी सबैको मनमा बस्न चाहन्छिन्। घरको जेठी छोरी भएको कारणले उनी माथि जिम्मेवारी झन् थपिएको थियो। १५ वर्ष उमेरदेखि काम गर्न थालेकी थिइन् । जसले गर्दा घरको अवस्थालाई बिस्तारै समाधान गर्दै थिइन्। आर्थिक अवस्था कमजोर भएको कारणले उनी अगाडि बढ्न निकै नै कठिन भइरहेको थियो। स्कुलको प्रिन्सिपल घनेन्द्र भट्टराई सरले रियालिटी शोमा जान प्रोत्साहन गरे । अभिनेत्री मिथिला शर्मा र महेश गोदार सरको देखाउनुभएको बाटोमा हिँड्दैछु। प्रतिभाको आँगनमा उनले सर्वोकृष्ट डान्सरको प्रथम श्रेणीको उपाधि हासिल गरिन् । एसी डान्स च्याम्पियनमा उनले छात्रावृत्ति पाएर कक्षा ११, १२ र स्नातकमा पढ्दै छिन् । पढाइ सँगसँगै डान्स र कला क्षेत्रलाई पनि अगाडि बढाउन सोच राखेकी छिन्। कला क्षेत्रमा सफलता प्राप्त गर्नको लागि दिनरात मेहनत गर्न पनि तयार छिन् । जीवनमा जस्तोसुकै कठिन परिस्थिति आएतापनि न ढगमकाइकन धैर्यता र मेहनतका साथ अगाडि बढ्न सोच राखेकी छिन्। पेशागत उनी डान्स टिचर पनि हुन् । उनले काठमाडौँका विभिन्न स्कुलहरूमा डान्स सिकाउने गर्छिन्। उनी करातेको ब्राउनबेलको खेलाडी पनि हुन् । यतिबेला उनी विभिन्न महोत्सव, कर्पोरेट कार्यक्रम, अवार्डहरूमा आफ्नो नृत्य प्रस्तुत गर्दै आएकी छिन्। उनी भन्छिन् ‘मेहनत र अनुशासित भएर अगाडि बढ्न चाहन्छु।’ आफ्नो कला मार्फत उनी आफ्नो देश नेपाललाई संसारभरि चिनाउन चाहन्छिन्। फिल्ममा अभिनय गर्ने पनि औधी रुचि छ उनलाई । भविष्यमा सफल कलाकार बन्ने उनको सोच छ। थिएटरहरूमा हुने गरेको कार्यशालामा अभिनय ज्ञान प्राप्त गरेकी छिन्। नेपाली चलचित्र क्षेत्रमा उनले आफ्नो भविष्य खोज्दै छिन्। उनी भन्छिन् – म आफ्नो जीवन कला क्षेत्रमा बिताउन चाहन्छु। सङ्घर्षलाई आफ्नो मूलमन्त्रको साथ अगाडि बढाउँदैछु। सुबास प्रधानद्वारा उनीसँग गरिएको अन्तर्वार्ताको छोटो अंश :
हाल तपाईँ केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि म केही स्कुलहरूमा डान्स टिचरको रुपमा काम गर्छु । नियमित डान्स प्राक्टिस, साथै विभिन्न कर्पोरेट इभेन्ट, महोत्सव साथै अवार्ड कार्यक्रममा व्यस्त छु।
अभिनय सिक्नु कतिको आवश्यक छ ?
जीवनमा अगाडि बढ्नको लागि शिक्षा निकै महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नको लागि ज्ञानको आवश्यकता हुनु निकै नै जरुरत छ। यदि कोही व्यक्ति म कलाकार बन्छु भने लाई अभिनयको ज्ञान हुनु आवश्यक छ। जीवनमा सिकेका कुराहरू कहिले पनि खेर जाँदैन। अहिले अभिनय सिक्नको लागि थ्रेटरहरू , फिल्म कलेजहरू , धेरै नै छन् । डाक्टर पढ्न विज्ञानको आवश्यकता छ भने जस्तै कोही व्यक्ति कलाकार बन्न चाहन्छन् भने अभिनय सिक्न निकै नै आवश्यक रहन्छ।
कला क्षेत्रमा आफ्नो भविष्य कस्तो देख्नुभएको छ ?
विद्यार्थी जीवनदेखि नै आफू स्कुलको नृत्य प्रतियोगितामा प्रथम हुन्थे। सानैदेखि डान्स भन्ने बित्तिकै हुरुक्क हुन्थे म। मेरा गुरुवर्गहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज यो स्थानमा पुग्नको लागि उहाँहरुको धेरै नै मेहनत छ म माथि । आफूलाई अब्बल बनाउनको लागि दिनरात मेहनत गर्दैछु। कला क्षेत्रमा आफ्नो भविष्य सुखद देख्छु।
तपाईं कस्तो डान्स गर्न रुचाउन चाहनुहुन्छ ?
एउटा कलाकार भएपछि सबै प्रकारका नृत्यको ज्ञान हुनु आवश्यक छ। कल्चर डान्स, कन्टेम्पोररी डान्स, बलिउड डान्स, सबै फर्मका डान्सहरूको ज्ञान हुन आवश्यक छ। म आफू भर्सटाइल डान्सरको रुपमा चिनाउन चाहन्छु।
कला क्षेत्रमा भविष्य छैन भन्नेलाई के भन्न चाहनुहुन्छ ?
कला क्षेत्रमा लाग्नको लागि सर्वप्रथम धैर्यता , मेहनत र अनुशासित हुनु निकै आवश्यक छ। अहिले हरेक क्षेत्रमा भविष्य देख्न सकिन्छ। समय लाग्न सक्छ तर मेहनतले त्यो गन्तव्य अवश्य नै पुर्याउँछ िसफल भएन भने निराश हुनु पर्दैन। आफ्नो निरन्तर प्रयास जारी राख्न आवश्यक छ । आज कला क्षेत्रबाट नै धेरै कलाकारहरूले घर ,जग्गा, गाडी , बैंक ब्यालेन्स जोड्न सफल भएका छन्। कला क्षेत्रमा कसरी भविष्य छैन भन्न सक्छौ त ? जीवनमा हार कहिले खानुहुन्न र प्रयास गरिरहनुपर्छ। सफलता तपाईँको आफ्नो वरिपरि नै हिँडिरहेको हुन्छ। भविष्य खोज्ने होइन भविष्य बनाउने हो ?
नेपाली चलचित्र क्षेत्रमा आउने सोच के छ तपाईंको ?
सानै उमेरदेखि नै कलाकार बन्ने सोच भएको कारणले आफूलाई राम्रोसँग तयार गरेर यस क्षेत्रमा आउन चाहेकी थिएँ । मलाई नेपाली चलचित्र निकै नै मनपर्छ। म आफ्नो कला र क्षमताले अगाडि बढ्न चाहन्छु। म पूर्ण रूपले तयार छु। राम्रो स्क्रिप्ट र राम्रो टिम पायो भने अवश्य नै चलचित्र खेल्ने छु ।
अन्त्यमा युवा वर्गहरूलाई के भन्न चाहनुहुन्छ ?
मान्छेको जीवन कहाँ गरेर टुङ्गिन्छ त्यो थाहा हुँदैन। जीवनलाई अविस्मरणीय बनाउनको लागि सधैँ खुसी रहनुपर्छ। सफल भएन भनेर हरेश कहिले खानु हुँदैन । मेहनतको फल अवश्य नै आउँछ। जीवन एउटा चक्र हो। जीवनमा आइपरेका हरेक अप्ठ्याराहरूलाई सहज रूपले स्वीकार्नु आवश्यक छ । हामी हाम्रो आदि जीवन सुतेर नै बिताउँछौँ। समय बलवान छ। समयको सही सदुपयोग गरौं। मानव चोलालाई सार्थक बनाउन आवश्यक छ। समय कहिले फर्केर आउँदैन , यो हाम्रो बसमा छैन। आफूभित्र भएका प्रतिभालाई उजागर गरौँ । आफूलाई मनलागेको काम गरौं । कसैको दबाब वा प्रभावमा नपरौं ।