ललितपुरले फेरी पनि जित्यो एम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार

झापा । झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको एम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा फेरी पनि ललितपुरले उपाधी जित्न सफल भएको छ। यस प्रतियोगितामा १६ टिमको सहभागिता थियो।

यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपाधी जितेको थियो।

देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ प्रगाड बनाउने उदेश्यले संचालन गरिएको यो फुटसल खेल लगातार ७ वर्ष देखि संचालन हुँदै आएको छ।

काठमाडौँबाट २०१८ मा सुरुवात भएको यो प्रतियोगिता अहिले राष्ट्रिय प्रतियोगिता बनेको छ। यसले देशभरका खेलाडीहरुलाई एकै मंचमा ल्याउने र आपसी सहयोग र सम्बन्धलाई बलियो बनाउने एक उत्कृष्ट अवसर प्रदान गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु