मिसेस इन्डियाको निर्णायकमा अभिनेत्री नितु

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७७, शनिबार

काठमाडौं । भारतमा आयोजना भइरहेको मिसेस इन्डिया २०२० को निर्णायकमा अभिनेत्री नितु कोइराला छनौट भएकी छन् । अभिनेत्री, मोडल, डान्सर तथा सौन्दर्य व्यवसायी नीतु कोइराला भारतमा आयोजना भइरहेको ‘मिसेज इन्डिया– २०२०’की निर्णायकमा छनौट भएकी हुन् ।
कोरोना कहरका कारण अनलाइनबाट आयोजना भएको उक्त प्रतियोगितामा उनी जुरीका रूपमा निर्णायक मण्डलमा रहेर सहभागी भएकी हुन् । नेपाली मनोरञ्जनका विभिन्न विधामा योगदान दिएकी कोइरालाले यो अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेकी हुन् ।

Music Khabar

यो प्रतियोगिता पिस अफ इन्डियाले आयोजना गरेको हो । अहिले उनी सोही संस्थामा नेपालको तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत छिन् । उनले पिन्क रोजेज इन्टरटेनमेन्टले आयोजना गरेको मिस्टर, मिस एन्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरेकी छन् ।

कोइराला हालै भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’बाट सम्मानित भएकी थिइन् । भारतकै विभिन्न संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा उनले सहभागिता जनाएकी छन् । तीजलगायत विभिन्न म्युजिक भिडियोमा मोडलिङसमेत गरेकी कोइराला नृत्यमा पारंगत मानिन्छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु