• ललितपुरमा वृहत् प्रभातफेरि कार्यक्रम सम्पन्न मुना न्यौपाने

    म्यूजिक खबर
    प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार

    ललितपुर, जेठ २१ गते । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहोरमैला सङ्कलन तथा व्यवस्थापनका क्षेत्रमा क्रियाशील निजी कम्पनीहरूको छाता संगठन फोहोरमैला व्यवपस्थापन संघ नेपाल (स्वामान्)ले सोमबार ललितपुरमा वृहत् प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।
    प्रभातफेरी ललितपुरको जाउलाखेल– पुल्चोक– मंगलबजार–इटीटोल– कुमारीपाटी हुँदै जावलाखेलमा पुनः पुगी सभामा परिणत भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि वन तथा वातवारण मन्त्री केशव पोखरेल, विशेष अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुर का प्रमख तुलसीबहादुर श्रेष्ठ, प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनाल, र अतिथिहरूमा गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहाल, पूर्व वातावरणमन्त्री ई.गणेश शाह, ललितपुर महानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष सन्तोष खड्का र क्विानिज क्लब गर्भनर तिर्थराज सिंह लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा वातावरण विज्ञ तथा सरसफाई अभियानका अभियन्ताहरू, उपत्यकामा कार्यरत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील विभिन्न संघसंगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।
    सोही अवसरमा फोहोरमैला क्षेत्रमा उल्लेख्य कार्य गर्नुहुने मानध्वज मोक्तान, अञ्जु शाह सिंह, बासुदेव उप्रेती, गोपाल बस्नेत, जर्नादनकृष्ण श्रेष्ठ, माधवप्रसाद घिमिरे लगायतका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निजी क्षेत्रबाट सरसफाईको क्षेत्रमा उल्लेख्य कार्य भइरहेको प्रशंशा गर्दै पर्यवरण संरक्षण क्षेत्रमा सहकार्य गर्दै अघि बढ्न आव्हान गर्नुभयो ।
    त्यस्तै, स्वामानका अध्यक्ष धनप्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै राज्यका तीनै तहका सरकारले फोहोरमैला व्यवस्थापन कार्यको लागि दीर्घकालिन योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले कार्यक्रमलाई प्रत्यक्षपरोक्ष रूपमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद दिँदै पर्यवरण संरक्षणको क्षेत्रमा स्वामान् सबैसँग हातोमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु