६ स्रष्टालाई संगीत तथा नाट्य प्रज्ञा पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार
music and drama

काठमाडौं । नेपाली सङ्गीत तथा नाट्य जगत्का ६ जना स्रष्टा र साधकहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार– २०७५ प्रदान गरिएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।

पुरस्कार प्राप्त गर्नेमा वरिष्ठ साधकहरू नाट्य विधातर्फ श्यामदास वैष्णव, सङ्गीत विधातर्फ प्रेमध्वज प्रधान, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ जगदेव कामत, रङ्गमञ्च विधातर्फ ओममणि शर्मा, नृत्य विधातर्फ हनी श्रेष्ठ र लोकसङ्गीत विधातर्फ प्रेमदेव गिरी छन् ।

पुरस्कृत व्यक्तिहरुलाई ताम्रपत्र र दोसल्लाका साथ जनही एक लाख एक रुपैयाँ प्रदान गरिएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु