• तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा नारी सम्मानको घोषणा

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०८१, शनिबार

    काठमाडौं । तेस्रो म्युजिक खबर तीज म्यूजिक अवार्डमा कलासँग जोडिएका विभिन्न पेशा व्यवसायका नारीहरुलाई सम्मान गरिने भएको छ । अवार्डमा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान अर्पण गर्न लागिएको हो । गायन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गरिँदै आएको आयोजक संस्था आर्टिष्ट अफ नेपालले जानकारी गराएको छ ।
    त्यसैगरी सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल सौन्दर्यकला सम्मान अर्पण गरिने भएको छ भने पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
    त्यस्तै गीतकार गायत्री थापालाई आर्टिष्ट अफ नेपाल स्रष्टा सम्मान प्रदान गरिन लागिएको छ भने गायिका कालिका रोकालाई आर्टिष्ट अफ नेपाल गायन सम्मान प्रदान गरिएको छ । त्यस्तै मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल कला सम्मानबाट सम्मानित गरिने भएको छ ।
    आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा हुने कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१को अवसरमा यो सम्मान प्रदान गरिने भएको छ । आगामी भाद्र १७ गते सोमबारका दिन काठमाडौंको गोंगबुस्थित बीजी बैंकटको सभाहलमा यो कार्यक्रम सम्पन्न गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।

    तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु