परियारलाई प्रोत्साहन सम्मान गिरीलाई पत्रकारिता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७१, बुधबार

काठमाडौं, २८ जेठ । तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ को अवसर पारेर म्यूजिक खबर बाल प्रोत्साहन सम्मानबाट गायक प्रेम परियारलाई सम्मान गरिने भएको छ भने संगीत पत्रकारितामा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका पत्रकार तुलसी गिरी भावुकलाई म्यूजिक खबर पत्रकारिता सम्मान दिइने भएको छ । अवार्ड कार्यक्रममा प्रत्येक वर्ष गर्दै आइएको म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन पुरस्कारबाट यस वर्ष प्रेम परियारलाई सम्मान गरिँदैछ भने म्यूजिक खबर पत्रकारिता पुरस्कारबाट पत्रकार तुलसी गिरी भावुकलाई सम्मानित गरिने भएको अवार्ड आयोजक कमिटिका अध्यक्ष सुमन बैरागीले बताए । परियारलाई गायनको क्षेत्रमा शिखर चुम्ने प्रोत्साहन दिनका लागि ताम्रपत्रद्वारा सम्मान गरिन लागिएको हो । परियारले आफ्नो बालापनमै संगीत क्षेत्रमा स्वरको मधुर्यता पस्कन सफल भएकै कारण म्यूजिक खबर बालप्रोत्साहन सम्मान दिन लागिएको आयोजकले बताएको छ । त्यस्तै पत्रकार गिरीलाई संगीत पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत ५५५५ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिन लागिएको हो । गिरीले ०४५ सालबाट नेपालभूमी साप्ताहिकमा कलाजगत स्तम्भबाट रंग पत्रकारिता सुरु गरी विगत दश वर्षदेखि म्यूजिक डायरीको प्रधानसम्पादकको रुपमा कार्य गर्दै आउनुभएको छ । उहाँले कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै म्यूजिक खबर पत्रकारिता सम्मान प्रदान गर्न लागिएको म्यूजिक खबर डटकमले जनाएको छ ।

tulasi giri
म्यूजिक खबर म्यूजिक अवार्डको तेश्रो संस्करणको अवार्ड आगामी असार १ गते आइतबार सम्पन्न हुँदैछ । गीतसंगीत क्षेत्रको आशाको केन्द्रमा रहेको एक मात्र म्यूजिक अवार्ड स्रष्टा र सिर्जनाको लागि एउटा महोत्सवका रुपमा लिइएको छ । स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार भन्ने मूल नाराको साथ आयोजना गरिएको तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ ले गीतसंगीतमा लागेका स्रष्टाहरुलाई अवार्डका माध्यमले उर्जाशील बनाउँदै आएको छ । २०१३ मा बजारमा प्रकाशित भएका गीतसंगीतलाई सहभागी गराएर आयोजना गरिएको यस अवार्ड पत्रकारिताको क्षेत्रमा क्रियाशील संस्था म्यूजिक खबर डटकमले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको छ । आधुनिक, लोकदोहोरी, चलचित्र, पप र राष्ट्रिय भावका गीतसंगीतलाई सहभागी गराएर विभिन्न २९ विधामा अवार्ड आयोजना गर्न लागिएको यस अवार्डमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ अवार्ड सम्पन्न गरिने भएको छ । अवार्डमा उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनाहरुमध्येबाट सर्वोत्कृष्ट एकले अवार्ड चुम्नेछन् । त्यस्तै म्यूजिकखबर म्यूजिक अवार्डमा गीतसंगीत क्षेत्रका पुरानादेखि नयाँ कलाकारहरुको बाक्लो जमघट हुनेछ । अवार्डलाई अरनिको टेलिभिजन, एस टेलिभिजन, रेडियो सिटी ९८.८ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने फिल्मीखबर साप्ताहिक र म्यूजिकखबर डटकमले यस अवार्डको सम्पूर्ण गतिविधिहरुलाई प्रकाशन गर्दै आएको छ । त्यस्तै यस कार्यक्रमलाई न्यू वल्र्ड सर्टिङ सुटिङ बागबजार र बोटल्स लन्ज एण्ड बैंकटले सहकार्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु