• प्रतिलिपि अधिकार हनन् गरेको आरोपमा म्यूजिक नेपालका म्यानेजर थापा पक्राउ

    म्यूजिक खबर
    प्रकाशित: २९ बैशाख २०७६, आईतवार

    काठमाडौं । म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई प्रतिलिपि अधिकारसम्बन्धी उजुरी परेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

    चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु