संगीत रोयल्टी संकलन समाज नेपालको नयाँ कार्य समिती गठन

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७३, मंगलवार

काठमाण्डौ । नेपाली संगीतको स्तर उकासिएपनि भौतिक व्यापार ठप्प रहेको अवस्थामा सम्पुर्ण कलाकारहरूको हक र हितको लागी गठित “संगीत रोयल्टी संकलन समाज नेपाल”को सम्पन्न भएको ९ औ साधारण सभाले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
यसै क्रममा सँगित रोयल्टी सँकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी निर्बिरोध निर्बाचित भएका छन भने केही सदस्यको लागी गोप्य मतदान भएको थियो । मतदानबाट निर्बाचित हुनेहरूमा लोकराज अधिकारी १३८ , महेश खड्का १२८ , पि.एन. सापकोटा ११६ , शशी शर्मा मज्गैया ११६ , सुमन बैरागी ११५ र लक्ष्मण शेषले ९० मत प्राप्त गरी बिजयी भएका छन । साथै निर्बिरोध बिजयी हुनेहरू र पुनः अर्को काल पनि निर्बिरोध निर्बाचित हुनेहरूमा रमेश बि जि, दयाराम पाण्डे, श्रीकृष्ण बम मल्ल र रमेशराज भट्टराई रहेका छन् ।

Royalti
म्यूजिक कम्पनी, श्रस्टा र लगानी कर्ताहरुको लगायत सम्पूर्ण संगीतकर्मीहरुको बाँच्ने एउटै मात्र आशााको केन्द्रविन्दु ‘संगीत रोयल्टी संकलन समाज’लाई अझ सुदृढ, व्यवस्थित बनाउने उदेश्य स्वरुप निर्वाचन पछिको पहिलो बैठकले पदाधिकारीको चयन गरिएको छ । जस अन्तर्गत अध्यक्ष– सुरेश अधिकारी, उपाध्यक्ष रमेश बि.जी., महासचिव महेश खड्का, कोषाध्यक्ष लोकराज अधिकारी, रहेका छन् भने सदस्यहरुमा सुमन बैरागी, श्रीकृष्ण बममल्ल, पि.एन. सापकोटा, रमेशराज भट्टराई, दयाराम पाण्डे, शशि शर्मा मजगैंयाँ  र लक्ष्मण शेष रहेका छन् ।royalti_name listमतदानबाट निर्बाचित र कामको मुल्याँकन गरी अर्को कार्यकाल पनि निर्बिरोध चयन हुनेहरू अध्यक्ष र सदस्यहरू लगायत सम्पूर्ण श्रस्टाहरूमा म्युजिक खबर डट कमको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु