• ‘संगीत रोयल्टी संकलन समाज नेपाल’को १४ औं साधारण सभाले गर्यो नयाँ नेतृत्व चयन

    म्यूजिक खबर
    प्रकाशित: २१ आश्विन २०८०, आईतवार

    काठमाण्डौ । सम्पूर्ण नेपाली संगीतकर्मीहरुको हक र हितको लागी गठित ‘संगीत रोयल्टी संकलन समाज नेपाल’को सम्पन्न भएको १४ औं साधारण सभाले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
    अध्यक्षमा लोकप्रिय एवं बरिष्ठ संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् ।
    संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट बि पाण्डे (बद्री) र चन्द्रप्रसाद शर्मा पनि निर्वाचित भएका छन् । उनीहरु सबै निर्विरोध चयन भएका हुन् ।
    संगीतकार सदस्यतर्फ नौ जना र गीतकार खुला सदस्यतर्फ आठ जना उम्मेदवारको नामावाली दर्ता भएको थियो । जस अन्तर्गत संगीतकार खुल्ला सदस्य तर्फ ३ जना रहने प्रावधान अनुसार – पिएन सापकोटा, रामु खड्का (राम बहादुर), प्रसाद लामिछाने बिजयी भए । त्यस्तै गीतकार खुल्ला सदस्य तर्फ ३ जनामा सुजन लम्साल, सुबास रेग्मी, प्रमोद ढुंगाना बिजयी भए ।
    राजधानी स्थित नेपाल प्रज्ञा भवन कमलादीमा संगीत रोयल्टी संकलन समाज नेपालको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
    कार्यक्रममा अध्यक्ष सुरेश चन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने नेपाल संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
    सुवास रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने महासचिव बद्री पाण्डेले संस्थागत प्रतिबेदन प्रस्तुत गर्दै भाबी योजनाका बारेमा जानकारी गराएका थिए ।
    त्यस्तै कोषाध्यक्ष बसन्त सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन चन्द्र शर्माले गरेका थिए । बन्द शत्रको कार्यक्रम सञ्चालन पिएन सापकोटाले गरेका थिए । निर्वाचन कमिटीको संयोजकको रुपमा सेमन्तमणी खराल रहेका थिए ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, बरिष्ठ संगीतकार राजु सिंह, अग्रज गायक प्रेमराजा महत, ईन्द्रेणीका कृष्ण कंडेल, चलचित्र निर्देशक तथा गीतकार मदन घिमिरे, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर लगायत थुप्रै कलाकारहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु