रोयल्टी संकलन समाजको अध्यक्षमा पाण्डे र खड्का बीच ६८ मतको अन्तर, खड्काको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७५, आईतवार

काठमाडौं । संगीत रोयल्टी संकलन समाजको ११ औं साधारण सभाबाट संगीतकार महेश खड्काको नेतृत्वमा ११ सदस्यी कार्यसमिति चयन भएको छ । अध्यक्षका प्रत्यासी गीतकार बी. पाण्डे र संगीतकार महेश खड्काबीच भएको मतदानमा ६८ मतको अन्तरमा खड्का अध्यक्षमा चयन भएका हुन् । १५८ मत खसेकोमा खड्काले ११२ मत ल्याएका थिए भने पाण्डेले ४४ मत प्राप्त गरेका थिए भने दुई मत बदर भएको थियो ।

समाजमा अध्यक्षबाहेक ५ गीतकार र ५ संगीतकार सदस्य रहने प्रावधान रहेको छ । जसमा १० जना सदस्य नै निर्विरोध निर्वाचित भएका थिए । पुरानो कार्यसमितिबाट गीतकार सुमन बैरागी र शशि शर्मा मजगैंयाँ, सङ्गीतकार पी. एन. सापकोटा र श्रीकृष्ण बममल्ल चुनिएका छन् । त्यस्तै खुला प्रतिस्पर्धातर्फ गीतकार चन्द्र शर्मा, सुवास रेग्मी र विपिन किरण चयन भएका छन् भने संगीतकारतर्फ अमृत खाती, शिरिष देवकोटा र विक्रम राई चयन भएका छन् । यो कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ ।


सङ्गीत रोयल्टी सङ्कलन एवं व्यवस्थापनका लागि स्थापित ३ वटा संस्थामध्ये सबैभन्दा जेठो संस्था ‘सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल’ को ११ औं साधारण सभा माघ २५ र २६ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा सम्पन्न भएको थियो ।


‘अबिरल यात्रा’ मा ज्ञानु राणालाई सम्मान ! राजुको कन्डक्टमा गुञ्जिए हिट गीतहरु !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु